सत्ता गठबन्धद्वारा चैत्र २६ गतेभित्र चुनावी तालमेलबारे निर्णय दिन निर्देशन

तु खबर संवाददाता
२०७८ चैत्र २३, बुधबार १७:५८
file-photo

काठमाडौं । सत्तारुढ दलहरुको निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे यही चैत्र २६ गतेभित्र निर्णय दिन जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बुधबार बसेको समितिको पहिलो बैठकले सो निर्देशन दिएको हो ।

बैठकमा चुनावी तालमेल गरेर २२ गतेसम्म वस्तुस्थिति मुल्यांकन गर्न भनेअनुसार काम भए नभएको समीक्षा भएको छ । एक नेताका अनुसार, सो बैठकले २६ गतेभित्र जिल्लाको स्थिति र कसरी जाने भनेर निर्णय गरेर साझा रुपमा पठाउने निर्देशन दिएको हो ।