मंगलबार यी तीन प्रदेशमा वर्षाको सम्भावना
२०७८ चैत्र २२, मंगलवार ०८:१७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । देशको प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
मंगलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने छ । प्रदेश नं १ को पहाडी भू–भागका थोरै स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
