हेटौंडामा आइतबारबाट सुरु हुने भनिएको मेयर कप फुटबल स्थगित

तु खबर संवाददाता
२०७८ चैत्र १८, शुक्रबार ०९:११

मकवानपुर । हेटौंडामा यही चैत्र २० गते आइतबारबाट सुरु हुने भनिएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको छ । नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमप्रसाद पौडेलले बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।

स्थानीय तहको निर्वाचन नजिकिएकोले प्रतियोगिता आयोजना गर्न नसकिने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि पाँचौं संस्करणको प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको समितिका सदस्य सचिव पौडेलले बताए ।

हेर्नुहोस् सूचना ।