एमाले अध्यक्ष ओलीले १३४ फिट अग्लो भ्यु- टावरको उद्घाटन गर्ने

तु खबर संवाददाता
२०७८ चैत्र १५, मंगलवार ११:५८
file-photo

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको भ्यु–टावरको आज उद्घाटन गर्दैछन् । ओलीले आज तिलोत्तमा नगरपालिका २ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन गर्ने भएका हुन् ।

लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरवाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।

कपिलवस्तुका स्वतन्त्र सांसद बृजेशकुमार गुप्तालगायतलाई पार्टी प्रवेश गराउन सोमबार कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली आज दिनभर रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।