कांग्रेस बागमती प्रदेशमा कोषाध्यक्षसहित विभिन्न समिति र विभागहरु गठन

तु खबर संवाददाता
२०७८ चैत्र ८, मंगलवार ०८:३०

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको सोमबार हेटौंडामा बसेको बैठकले कोषाध्यक्षसहित विभिन्न समिति र विभागहरु गठन गरेको छ । प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले कोषाध्यक्षमा दीर्घमान श्रेष्ठलाई चयन गरेको हो ।

बैठकले १६ सदस्यीय कार्यसम्पादन समितिसमेत थप गरेको छ । समितिको सदस्यहरुमा प्रभात तामाङ, सन्तबहादुर प्रजा, प्रमोद रिमाल, ईन्द्रमान महर्जन, तारा गुरुङ्ग कैलाश कोइराला, गंगा दाहाल, अर्जुन उप्रेती, नातिकाजी कार्की, सरु बानियाँ, विवशकुमार वाईबा, जितबहादुर मगर, चित्रबहादुर कार्की, महान अर्याल, डा. भगवान खड्का र लक्ष्मी महर्जन रहेका छन् ।

त्यसैगरी, बैठकले ९ सदस्यीय प्रदेश संसदीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा जगदिशनरसिं केसी, लामा कार्पु तामाङ, तिलक रुवाली,दीपेन्द्र आचार्य, भद्रा भण्डारी, कृष्णलाल भँडेल, निमा लामा, छिरिङ्ग दोर्जे लामा र अर्जुन न्यौपाने रहेका छन् ।

त्यस्तै बैठकले प्रवक्ता, लेखा समिति संयोजक, अनुशासन समिति र विभागहरुको संयोजकहरु समेत गठन गरेको छ । कांग्रेस बागमती प्रदेशको प्रवक्तामा तिलक रुवाली, लेखा समपति संयोजक कृष्णकुमार श्रेष्ठ (सिन्धुली) र सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा चम्फुरत्न लामा र तारादेवि दुलाल पन्त सदस्य रहेको प्रदेश अनुशासन समिति गठन गरिएको छ ।

त्यस्तै हेटौंडामा भएको तेश्रो बैठकले प्रदेश विभाग प्रमूखहरुसमेत तोकेको छ । कानून तथा संसदीय मामिला विभागमा सानुकान्छा श्रेष्ठ, प्रदेश तथा स्थानीय निकाय उपेन्द्र लम्साल, भातृसंस्था समन्वय विभागमा प्रज्वल दवाडी, पेशागत तथा बुद्धिजीवीमा प्रा.डा. केशवभक्त सापकोटा रहेका छन् ।

त्यस्तै, भाषा, साहित्य कला संस्कृतिमा धनकुमारी थापा (सरु), शिक्षा विज्ञान तथा प्रविधिमा रमेशकुमार बखती, स्वास्थ्य विभागमा डा. अमित सिं कार्की, गैरसरकारी संस्था तथा सामाजिक सेवामा रुकु अधिकारी, उद्योग व्यापार वाणिज्य तथा आपूर्तिमा निर्मला पण्डित, युवा तथा खेलकुदमा राजिव पौडेल, ट्रेड युनियन तथा श्रमिकमा भगवती कुमारी खड्का र बैदेशिक रोजगार समन्वय विभागमा सविन तामाङ्ग संयोजक रहेको प्रवक्ता रुवालीले जानकारी दिए ।