मकवानपुरको छतिवनमा कांग्रेसको टोल समिति गठन

तु खबर संवाददाता
२०७८ चैत्र ५, शनिबार ०८:५७

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ गरगरे छतिवन तामाओलामा नेपाली कांग्रेसको टोल समिति गठन भएको छ । कांग्रेस मकवानपुरले खटाएको पार्टी प्रतिनिधि गोबर्धन गौतमको संयोजकत्वमा शुक्रबार टोल समिति गठन गरेको हो ।

श्यामबहादुर राइको अध्यक्षतामा १७ सदस्यीय टोल समिती गठन गरिएको हो । यसैगरी, समिति सचिवमा पुस्कल बस्नेत र अङ्कित राई, सह–सचिवमा दिलकुमारी स्याङतान र कृष्णबहादुर राई, कोषाध्यक्षमा लक्ष्मण राई चयन भएका छन् । कार्यक्रममा ‘घरघरमा जाऔं कांग्रेस जिताऔं’ अभियान तीब्रता दिने निर्णय गरेको जनाइएको छ ।