प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत

तु खबर संवाददाता
२०७८ फाल्गुन २९, आईतवार ०९:३१

काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्ष पदमा पुनः गणेश बस्नेत चयन भएका छन् । प्रेस चौतारी नेपालको नवौं महाधिवेशनले अध्यक्ष पदमा बस्नेतलाई चयन गरेको हो ।

त्यसैगरी, उपाध्यक्षहरुमा क्रमशः गणेश पाण्डे, सविन प्रियसन, राजेश राई, देबिका घर्ती मगर, महासचिवमा हिरामान लामा, उपमहासचिवमा राजु सुवेदी र सुरोजंग पाण्डे चयन भएका छन् ।

यसैगरी, सचिवहरुमा विष्णु तारुके (बागमती), हरी बल्लब नेपाल (प्रतिष्ठान), बिक्रम लुइँटेल (प्रदेश नं १), लोकसरी कुंवर (सुदूरपश्चिम), विष्णु शर्मा (कर्णाली), सुश्मा पौडेल (गण्डकी), कमल उपाध्याय (मधेस प्रदेश), प्रदिप आचार्य (लुम्बिनी) चयन भएका छन । चौतारीको कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।