छोरीलाई सम्पती दिने परिवारलाई सम्मान

तु खबर संवाददाता
२०७८ फाल्गुन २८, शनिबार १६:२३

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले छोरीलाई सम्पती दिने परिवारलाई सम्मान गरेको छ । गाउँपालिकाले महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत छोरीलाई पनि छोरा समान सम्पती दिएका घर परिवारलाई सम्मान गरेको हो ।

पालिकाले गाउँपालिका भित्रका छोरीलाई सम्पती दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन् । उपाध्यक्ष रोकायाले सबै पालिकाले यो नारालाई कार्यान्वयन गर्नुपर्ने बताउँदै सरकारी नारालाई कार्यान्वयन गराउन स्थानीय सरकारको दायित्व रहेको बताइन् ।

छोरी जन्मिदै विभेदका शिकार बनेका छन् । छोरीमाथि गरिने यस्ता खालका विभेदको अन्त्य गर्नका लागि नारी दिवसको अवसरमा छोरीलाई सम्पती दिने र छुई हुँदा गोठमा नराख्न परिवारलाई सम्मान गरिएको हो ।