बकैया कला–साहित्य महोत्सव सुरु

तु खबर संवाददाता
२०७८ फाल्गुन २७, शुक्रबार १६:१६

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा बकैया कला–साहित्य महोत्सव सुरु भएको छ । झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा हुने दुई दिने साहित्य महोसव आज (शुक्रबार) बाट सुरु भएको हो ।

झरनाले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा महोत्सवको आयोजना गरेको हो । भोलीसम्म संचालन हुने महोत्सको उद्घाटन बकैयाँ गाउँपालिकाका अध्यक्ष दामोदर खनालले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बकैयाँ गाउँपालिकाका उपाध्यक्ष सरला बोलखे, साहित्यकार, साहित्यसेवी, कलाकारहरुको आतिथ्यता रहेको थियो । महोत्सवमा साहित्यकार, साहित्यसेवी, कलाकार, नवप्रतिभा तथा संस्थाहरुलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।