आजको मौसम : पहाडी भागमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ ।
यस्तै, आज दिउँसो पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेका छ भने राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।
