सरकारद्वारा डेंगुको निःशुल्क पीसीआर परीक्षण सुरु

तु खबर संवाददाता
२०७८ फाल्गुन २५, बुधबार १५:१७

काठमाडौं । सरकारले डेंगु भाइरसको निःशुल्क पीसीआर परीक्षण गर्न सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट जिका, चिकनगुनिया र डेंगु भाइरसको निःशुल्क पीसीआर परीक्षण गरेको जनाएको छ ।

जिका, चिकनगुनिया र डेंगु भाइरसबाट बच्नका लागि परीक्षण गराउन अतिआवश्यक पर्ने मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । लामखुट्टे टोकाइबाट लाग्ने तीन वटै रोग लक्षण देखिएका व्यक्तिले अनिवार्य रुपमा परीक्षण गराउन उनले आग्रह गरे । उनका अनुसार, लक्षण देखिएका सबैले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गई निःशुल्क रुपमा परीक्षण गर्न सकिनेछ ।