आज मौसम सफा रहने
२०७८ फाल्गुन २५, बुधबार ०९:०३
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भुभागमा मौसम सामान्यतया सफा छ ।
यस्तै, दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
