सर्वोच्चमा आजदेखि संवैधानिक इजलास

तु खबर संवाददाता
२०७८ फाल्गुन २०, शुक्रबार १०:२४

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास आजदेखि सुरु हुँदैछ । लामो समयदेखि अवरुद्ध सर्वोच्चको संवैधानिक इजलास गोला प्रक्रिया सुरु भएपछि बस्न थालेको हो ।

कोरोना संक्रमणको जोखिमका कारण सेवा संकुचन हुँदा संवैधानिक इजलास बारम्बार प्रभावित भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि गत असोजदेखि संवैधानिक इजलास बस्न सकेको थिएन ।