आज मौसम सामान्यता सफा रहने

तु खबर संवाददाता
२०७८ फाल्गुन १९, बिहीबार ०८:५३
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ । बिहीबार सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै र बाँकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहनुका साथै सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।