पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतको आदेश
काठमाडौं । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जबरजस्ती करणीको अभियोग लागेका शाहलाई अदालतले आइतबार ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि जबरजस्ती करणी गरेको आभियोगमा जाहेरी परेको थियो । त्यसपछि फरार रहँदै आएका शाहले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।
