विप्लव मकवानपुरद्वारा ३ जिल्ला सदस्य बर्खास्त
मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले आफ्नो पार्टीका तीन जना जिल्ला सदस्यलाई बर्खास्त गरेको छ । सोमबार नेकपा मकवानपुरका जिल्ला ईन्चार्ज एवम् केन्द्रीय सदस्य इन्द्रबहादुर परियार (नयन) र जिल्ला सेक्रेटरी राम घलान (वाटर) ले एक विज्ञप्ती जारी गर्दै सो बारे जानकारी गराएका हुन् ।
पार्टीमा निष्कृय रहेको र अन्य दलहरुसँग साँठगाँठ बढाएकोले उमेश गुणी, रामशरण कार्की र शिव पौडेललाई पार्टीको जिल्ला सदस्य समिति र राष्ट्रिय जनसरोकार मञ्च नेपालको जिम्मेजारीबाट हटाएको जारी विज्ञप्तीमा उल्लेख छ ।
हेर्नुहोस विज्ञप्ती ।

