विप्लव र माधव नेपालबीच भेटवार्ता
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसंग भेट गरेका छन् ।
महासचिव विप्लवले बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।
महासचिव विप्लवले बुधबार मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवासमा भेटवार्ता गरेका थिए ।
विप्लवले आफुसंग भएको ३ बुँदे सहमति कार्यान्वयन गराउन प्रंचण्डसंग माग गरेका थिए ।
