विप्लवको पार्टी फुट्यो
काठमाडौँ । आन्तरिक विवादका कारण नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ ।
केही समय अघिमात्रै सरकारसँग सम्झौता गरेर मूलधारको राजनीतिमा फर्किएको विप्लव नेतृत्वको पार्टी फुटेको हो ।
नेकपाका पूर्व वरिष्ठ पोलिट्ब्यूरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको छ ।
सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो । धमलाले एक विज्ञप्ती जारी गर्दै विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएका कारण नयाँ पार्टीको घोषणा गर्नु परेको जनाइएको छ ।
नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल रहने उक्त विज्ञप्तीमा जनाइएको छ ।
