आज मौसम सामान्यतया सफा रहने
२०७८ फाल्गुन ८, आईतवार ०८:३४
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, न्यून प्रणालीका कारण पहाडी भू–भागमा आंशिक बदली लागेको छ भने तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
