कस्तो रहला आजको मौसम ?
२०७८ फाल्गुन ५, बिहीबार ०८:५०
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो प्रदेश १ को पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षा सम्भावना छ ।
सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बाँकी भू–भागमा भने मौसम सामान्य रहनेछ । शुक्रबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
