एमसीसीको विरोधमा माओवादी केन्द्र र राप्रपा पनि सडकमा
काठमाडौँ । अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीको विरोधमा माओवादी केन्द्र र राप्रपाका भातृ संगठनहरुले पनि प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौको माइतीघर, बबरमहल, नयाँ बानेश्वर र मीनभवनमा विरोध प्रदर्शन गरेका हुन् । माओवादी केन्द्र निकट वाइसीएल अखिल क्रान्तिकारीले एमसीसीको विरोधमा नयाँ बानेश्वरस्थित एभरेष्ट होटल सडक खण्डमा प्रदर्शन गरेको छ ।
त्यसैगरी मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बिहान ११ बज माइतीघरमा भेला भएर जुलुससहित बानेश्वर जाने कार्यक्रम छ । अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले एमसीसीको विरोधमा प्रदर्शन गर्दैछ ।
