आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

तु खबर संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार ०९:११
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका केही भू–भागमा हुस्सु लागेको जनाएको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानहरूमा हल्का वर्षा हुनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।