मकवानपुरका शैक्षिक संस्था आजबाट संचालनमा

तु खबर संवाददाता
२०७८ फाल्गुन १, आईतवार ०९:१७

मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बन्द भएको मकवानपुरका शैक्षिक संस्था आजबाट संचालनमा आएको छ । कोभिड–१९ का कारण झन्डै एक महिना बन्द भएको शैक्षिक संस्था आजबाट संचालनमा आएको  हो ।

सरकारले कोरोना अवस्था हेरेर विद्यालय र शैक्षिक संस्था खोल्न स्थानीय तहलाई अनुमति दिएसँगै मकवानपुर प्रशासन र स्थानीय तहको निर्णयमा आजबाट शैक्षिक संस्था संचालनमा ल्याएको हो । शिक्षा मन्त्रालयले गत पुस २७ गतेबाट माघ मसान्तसम्म बन्द गरेको थियो ।  मकवानपुरमा हाल दैनिक कोरोना संक्रमित दर १० भन्दा तल रहेको छ । जिल्लामा शनिबार पाँच जनाको नमुना परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।