आजको मौसम : सामान्यतया सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु कुहिरो रहेको छ।
महाशाखाले आज देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । यस्तै, सोमबार पनि मौसम सामान्यतया सफा रहनेछ भने मंगलबार भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
