पशुपति मन्दिर दर्शनार्थीका लागि खुल्यो
काठमाडौँ । कोरोना संक्रमणको जोखिमका कारण करिब एक महिनादेखि दर्शनार्थीको लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट खुलेको छ । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
मन्दिर खुल्ला गरिएको भएपनि दर्शनार्थीले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न आग्रह गरिएको छ । ५ माघदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो ।सिसिएमसिसीको सिफारिसमा सरकारले मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न दिने निर्णय गरिसकेको छ ।
