थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ २६, बुधबार १७:४६

काठमाडौं । नेपालमा थप २ हजार ४०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै काठमाडौं उपत्यकाका रहेका छन् । सो अवधिमा काठमाडौं उपत्यकामा १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ८९०, ललितपुरमा १०२ र भक्तपुरमा २५ जना संक्रमित रहेका छन् ।