स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

तु खबर संवाददाता
२०७८ माघ २४, सोमबार १६:४५
file-photo

काठमाडौं । नेपाल सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको वैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको हो । निर्वाचन आयोगले जेठको ४ गते निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको थियो । वैशाख ३० गते निर्वाचन गर्ने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाँडलाई उदृत गर्दै विभिन्न सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

स्थानीय तह निर्वाचन ऐन अनुसार, हाल बाहाल रहेका स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल जेठ ५ गते सकिँदैछ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि अब चुनावी माहौल बन्ने देखिएको छ ।

यसअघि सरकारले वैशाख ३० गते निर्वाचन गर्न सकिने वा नसकिने भन्ने विषयमा निर्वाचन आयोगलाई सोधेको छ । आयोगले सरकारले तोक्ने सो मितिमा निर्वाचन गर्न सकिने जानकारी दिएको थियो । आयोगले पनि वैशाख ३० मा निर्वाचन गर्न सकिने बताएपछि सरकारले सोही मितिमा निर्वाचन घोषणा गरेको हो ।