विप्लव निकट जनवर्गीय संगठनद्वारा हेटौंडामा चक्काजाम
मकवानपुर । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा हेटौंडामा चक्काजाम गरेका छन् । उनीहरुले एक घण्टासम्म चक्काजाम गरेर विरोध गरेका हुन् ।
उनीहरुले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको बाइपासमा प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको छ । यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ रुपैयाँ पुगेको छ । पछिल्लो पटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा देशभर विरोध प्रदर्शन भईरहेको छ ।
