यस्तो रहनेछ आजको मौसम
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परेको छ । कर्णाली प्रदेशदेखि एक नम्बर प्रदेशका अधिकांश स्थानमा पानी परेको विभागले जनाएको छ ।
अहिलेको यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट क्रमिक रुपमा मौसम सुधार हुने पूर्वानुमान छ । मौसमविद मञ्जु वासीका अनुसार, आज दिउँसोबाट भने मौसममा क्रमिक सुधार हुनेछ । हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा बिहानपख भएको हल्का वर्षा पनि अहिले रोकिइसकेको मौसमविद वासीले बताइन् । सम्भावना छैन तर, आकाश खुलेकाले अत्यधिक चिसो बढ्ने छ ।
