थप १४४६ जनामा संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ पुष २६, सोमबार १७:४५
filr-photo

काठमाडौं । नेपालमा थप १ हजार ४ सय ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना पुगेको छ । यही अवधिमा थप २ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या ११ हजार ६०६ जना पुगेकोे छ । देशभर थप २ लाख १० हजार ५९४ जनाले खोप पनि लगाएका छन् ।