फेरी स्थगित भयो प्रतिनिधिसभाको बैठक

तु खबर संवाददाता
२०७८ पुष २६, सोमबार १५:०१
file-photo

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी माघ ३ गतेसम्मका लागि स्थगित भएको छ । यही पुस २८ गते बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज (सोमबार) एक सूचना प्रकाशन गरी सो कुराबारे जानकारी गराएका हुन् । यसअघि पनि बैठक बस्दै नबसी स्थगित पुस २८ गतेका लागि सारिएको थियो । त्‍यसअघि पनि माओवादी केन्द्रको महाधिवेशन चलिरहेको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि सारिएको थियो ।