प्रावि तहको शिक्षकका लागि विज्ञापन खुल्यो

तु खबर संवाददाता
२०७८ पुष १४, बुधबार १०:३०

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि बुधबार विज्ञापन आह्वान गरेको हो । विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिएको आयोगले जनाएको छ ।

इच्छुक उम्मेदवारले आजदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म दोब्बर शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्नेछन् । परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगका एक अधिकारीले बताए । आयोगले यसअघि माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक र निमावि तहको लागि दुई हजार ५९८ पदका लागि विज्ञापन गरिसकेको छ । आयोगले आगामी चैतमा सबै तहको लाइसेन्स परीक्षाका लागि विज्ञापन गर्ने गृहकार्य गरिरहेको पनि जानकारी दिएको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab