आजको मौसम : वर्षासँगै हिमपातको सम्भावना

तु खबर संवाददाता
२०७८ पुष १०, शनिबार ०८:५२
file photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाभित्र प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जनाएको छ । महाशाखाका अनुसार तराईका भू–भागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवम् सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।

यसैगरी, महाशाखाले आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनुका साथै प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।