थारुतर्फको सहमहामन्त्रीमा चौधरी निर्वाचित

तु खबर संवाददाता
२०७८ पुष २, शुक्रबार १७:२७

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सहमहामन्त्री (थारुतर्फ) उमाकान्त चौधरी निर्वाचित भएका छन् । पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् । चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् ।

सहमहामन्त्री पिछडिएकोतर्फ बद्री पाण्डे निर्वाचित भएका छन् । महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, खस आर्यतर्फ किशोरसिंर राठौर, जनजातीतर्फ भीष्मराज आङदेम्बे, दलिततर्फ जीवन परियार विजयी भएका छन् ।