कांग्रेस केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु
काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य छान्न शुक्रबार नै मतगणना गरिने भएको छ । समितिका अनुसार अन्तिम चरणमा रहेको सहमहामन्त्रीको मतगणना सकिएपछि आजै साँझ केन्द्रीय सदस्यको मतगणना सुरू गरिने छ । सुरूमा मधेसी महिला केन्द्रीय सदस्यको मतगणना हुनेछ।
प्रदेश २ को प्रदेश अधिवेशन बाँकी छ। नेता तथा कार्यकर्ता प्रदेश जानुपर्ने भएकाले पहिले मधेसी महिलातर्फ केन्द्रीय सदस्यको गणना गर्न लागिएको हो । मधेसी महिलातर्फबाट ४ पदमा ५ जना उम्मेदवार छन् । खुला केन्द्रीय सदस्यका लागि शनिबार मतगणना हुने सम्भावना छ ।
