एमालेका मनोनित केन्द्रीय सदस्यहरुले लिए सपथ
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित सदस्यहरुले आज पद र गोपनियताको सपथ लिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन् । एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो ।
एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीको कूल संख्या ३०१ अन्तर्गत १० प्रतिशत सदस्य मनोनित गरिएको हो । सपथ ग्रहण पश्चात अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुलाई पार्टीको मान्यतालाई ध्यानमा राखी क्रियाकलाप अघि बढाउन निर्देशन दिए । आसन्न निर्वाचनबाट नेकपा एमाले देशकै पहिलो शक्ति हुने बताए ।
