बागमती प्रदेशसभा बैठक पुस ७ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा बस्ने भएको सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
सचिवालयका सचिव खड्का अनुसार, प्रदेशसभाको नवौं अधिवेशनको सातौं बैठक बस्न लागेको हो । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित भएको थियो । साथै सचिव खड्का अनुसार, यही पुसको पहिलो हप्तामा प्रदेशसभाको विभिन्न समितिको बैठक पनि बस्ने भएको छ । प्रदेशसभा बैठक नियमित बस्न नसक्दा प्रदेशसभाबाट पारित हुनुपर्ने विधेयक थन्किएर बसेका छन् ।
