नेपालका राजनीतिक पार्टी भनेको एमाले र कांग्रेस मात्रै हो : ओली

तु खबर संवाददाता
२०७८ मंसिर २४, शुक्रबार १५:२७
file-photo

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र नेपाली कांग्रेस मात्र भएको बताएका छन् । शुक्रबार नेकपा एमाले बागमती प्रदेश कमिटीले १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले भने, ‘वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि नेपाली काँग्रेस हो, अरु त बन्छन् बिलाउँछन् । फेरि बन्छन् फेरि बिलाउँछन्’ अध्यक्ष ओलीले अरु सबै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी गर्दै भने, ‘पानीका फोकाजस्तो उठिरहन्छन्, फुटिरहन्छन्’

उनले नेपाली कांग्रेसलाई समेत एमालेले सम्झाउनुपर्ने अवस्था आएको बताए । भने, ‘नेपाली कांग्रेसलाई समेत सम्झाउनुछ । त्यस कामका लागि अहिले म जाँदैछु’, ओलीले भने ।