कांग्रेस अधिवेशन : सभापतिको मत गणना सुरु
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको आज भएको निर्वाचनको मतगणना सुरु भएको छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान परिसरमा मत गणना सुरु भएको हो । हिजो शनिबार भएको मतदानबाट कुनै पनि उम्मेदवार विजयी नभएपछि आज आइतबार पुनः मतदान भएको थियो । साँझ मतदान सकिएपछि आवश्यक प्रकृया पूरा गरी भर्खरै मतदान सुरु भएको छ ।
यस अघि प्रदेश सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँ, जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधानबीच त्रिपक्षीय निर्वाचन भएको थियो । सबैभन्दा बढी ९ सय ९२ मत ल्याएपनि कांग्रेसको विधान बमोजिम ५१ प्रतिशत पुर्याउनै पर्ने बाध्यताका कारण कोही पनि निर्वाचित घोषणा भएनन् । सबैभन्दा कम मत ल्याउन प्रधानले आज पत्रकार सम्मेलनको आयोजना गरी अर्का उम्मेदवार बानियाँलाई समर्थन गर्ने बताएका थिए ।
