कांग्रेस अधिवेशन : गण्डकी प्रदेशमा

तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार १५:३२

कास्की । नेपाली कांग्रेको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । शर्मा ८४ मतान्तरले विजयी भएका हुन् । उनी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट सभापतिमा विजयी भएका हुन् । सभापति पदमा संस्थापनका अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याउँदा शर्मा ६१२ मत ल्याउँदै विजयी भएका हुन् ।

प्रदेश सभापतिमा विजयी शर्माले १७ वर्षसम्म कास्की काँग्रेसको नेतृत्व गरेका थिए । २०४८ देखि ०५४ सालसम्म कास्की सभापति भएका शर्माले कास्कीबाट ३ पटक सांसदको टिकट पाए पनि तीनै पटक पराजित भएका थिए । पौडेल समूहका भए पनि कास्कीमा आफ्नै गुट चलाएको आरोप खेप्दै आएका शर्मा २०४८ र २०५१ सालमा कास्की क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । त्यसैगरी २०७४ सालको निर्वाचनमा पनि उनी वाम गठबन्धनका उम्मेदवार जगत विश्वकर्मासँग पराजित भए ।