कांग्रेस प्रदेश अधिवेशन : ४६८ मत गणना, २२७ मतले इन्द्र बानियाँ अगाडि
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँले २ सय २७ मत ल्याएर लिड गरिरहेका छन् । केहीबेर अघि वन विज्ञान अध्ययन संस्थानभित्र मतगणना भइरहेको छ । सो मतगणनाको परिणाम अनुसार, बानियाँले लिड गरिरहेका छन् । कूल ४ सय ६८ मत गणना हुँदा बानियाँको २ सय २७, जगदिश्वर नरसिंह केसीको १ सय ९२ र भीमसेनदास प्रधानको ४५ मत आएको छ । ४ मत बदर भएको छ ।
नेपाली कांग्रेसको आज भएको मतदानमा २ हजार ८३ जनाले मतदान गरेका छन् । बानियाँ र केसीले आफ्नो छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लडिरहेका छन् । अहिले सभापति पदको मत गन्ने काम भइरहेको छ । आजको मतदानमा सबै उम्मेदवारहरु आआफ्ना पक्षमा माहौल बनाउन क्रियाशील भएका थिए । विहान सबेरैबाट मतदान सुरु हुने भनिए पनि विविध कारणले गर्दा मतदान प्रकृया सुरु हुन ढिलाई भएको थियो ।
