स्वस्थ प्रतिस्प्रर्धाको माध्यमबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ : महत
मकवानपुर । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टीको निर्वाचनमा स्वस्थ प्रतिस्प्रर्धाको माध्यमबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । आज (बिहिबार) हेटौंडामा भएको कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. महतले कांग्रेसको निर्वाचनमा स्वस्थ प्रतिस्प्रर्धाको माध्यमबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने र पार्टीलाई अब गुट र उपगुटबाट मुक्त तुल्याइने दृढता व्यक्त गरे ।
डा. मन्त्रीले मुलुकमा राजनीति संकट र प्रजातन्त्रमाथि आँच आउँदा नेपाली कांग्रेसको नेतृत्वमा देशमा प्रजातन्त्रको पुनस्थापना गरी सबै नेपालीलाई मानव अधिकार प्रयोग गर्न र आर्थिक समृद्धितर्फ विभिन्न उद्योगहरुको स्थापना गर्न संवैधानिक अवसर जुटाएको बताए । उनले राजनीतिक दलहरुको नेतृत्वमा देशमा आन्दोलनबाट राजनीति परिवर्तन गरिएको भएपनि अहिले अब गणतान्त्रिक प्रजातन्त्रलाई जीवन्त तुल्याउने कार्यको लागि सबै दलहरु एक जुट हुनुपर्ने उल्लेख गरे ।
डा. महतले नेपाली कांग्रेसलाई अब नयाँ सोचाई र आधुनिक प्रविधिबाट संचालन गरी देशमा शान्तिसुरक्षालाई दरिलो तुल्याउन र प्रजातान्त्रिक संस्कार मुल्यमान्यतालाई जनताको बिचमा पुर्याउन कार्यकर्ताहरु अब इमान्दारिता पूर्वक लाग्नुपर्ने बताए ।

