प्रजातन्त्रको मुल्य र मान्यतालाई सबै दलहरुहरुले आत्मसात गर्नुपर्ने : प्रकाशमान सिंह
मकवानपुर । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा बागमती प्रदेशका निर्वाचन संयोजक प्रकाशमान सिंहले प्रजातन्त्रको मुल्य र मान्यतालाई सबै राजनीति दलहरुको संवैधानिक प्रकृया अनुरुप आत्मसात गरेर अघि बढ्नुपर्ने बताएका छन् । आज (बिहिबार) हेटौंडामा भएको कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री सिंहले सो कुरा बताएका हुन् ।
उनले मुलुकमा स्थायी शान्तिलाई संस्थागत गर्न र नेपाली कांग्रेसले अब नयाँ सोच चिन्तनका साथ नेतृत्वपंक्ति अघि बढ्न निर्वाचनलाई स्वस्थ प्रतिस्प्रर्धा बनाउनुपर्नेमा जोड दिए । पूर्वमहामन्त्री सिंहले २०४६ सालमासर्व मान्य नेता गणेशमान सिं को नेतृत्वमा भएको ऐतिहासिक जनआन्दोलनमा बाम मोर्चालाई पनि सहयात्रीको रुपमा समावेश गरी कम्युनिष्टहरुलाई पनि राष्ट्रिय मूल प्रवाहमा ल्याउन नेपाली कांग्रेसको नेतृत्व सक्षम रहेको उनले उल्लेख गरे ।
उनले नेपाली कांग्रेसको नेतृत्व पारदर्शी, गतिशील तुल्याउन र जनताको बिचमा पार्टीलाई लोकप्रिय बनाउने कार्यको लागि कार्यकर्ताहरु जनमुखी र जनताप्रति उत्तरदायित्व बहन गर्न क्रियाशील भूमिका निर्वाह गर्नुपर्ने सल्लाह दिए । निर्वाचनमा नेता र कार्यकर्ताले आपसमा प्रतिस्प्रर्धाको माध्यमबाट अघि बढ्दा एकले अर्कालाई शत्रुबत नभई मित्रताबत र प्रजातान्त्रिक संस्कारलाई अघि बढाउनुपर्ने उनको भनाई छ ।


