एमाले बैठक केही समयका लागि सर्यो

तु खबर संवाददाता
२०७८ मंसिर ७, मंगलवार १४:४२
file-photo

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक केही समयमा लागि सरेको छ । केन्द्रीय कमिटीmे मनोनय गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट गर्न बोलाएको बैठक केही घण्टाका लागि सरेको हो । पार्टीका अध्यक्ष केपी र्मा ओलीको बीचमै अर्को कार्यक्रम भएको बैठक केहीबेर पर सरेको एमाले नेताहरुले बताएका छन ।

उनीहरुका अनुसार, स्थगित बैठक पुनः साढे ३ बजे बस्नेछ । सो बैठकमा विभिन्न क्षेत्रबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरुको अवस्था, केन्द्रीय कमिटीबाट मनोनित हुने प्रतिनिधि सिफारिस, महाधिवेशन सञ्चालन तालिका र निर्वाचन प्रक्रियाबारे छलफल हुने कार्यसूची रहेको सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

मंगलबार साढे ११ बजे बसेको एमाले बैठक केहीबेरमै स्थगित भएको थियो । १० औं महाधिवेशनको तयारीबारे रिपोर्टिङ सकिएपछि बैठक स्थगित भएको छ । महाधिवेशनको तयारीबारे मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले रिपोर्टिङ गरेका थिए ।