यस्तो छ आजको मौसस
मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको जनाइएको छ । महाशाखाका अनुसार, आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
पहाडी भू–भागका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
प्रदेश नम्वर १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै सोमबार पनि प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनुका साथै बागमती प्रदेश र गण्डकी प्रदेशको एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
