स्थापना दिवसमा तरुण मकवानपुरको हेटौंडामा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०७८ कार्तिक ११, बिहीबार ०७:३९

मकवानपुर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको ६८ औं स्थापना दिवसका अवसरमा हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल तरुण दल मकवानपुरको आयोजनामा हेटौंडाको बुद्ध चोकमा भएको रक्तदान कार्यक्रममा ५ जना महिला सहित ३७ जनाले रक्तदान गरेको सचिव सचित थापाले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोइराला, नेबि संघका केन्द्रीय महासचिव प्रभात दाहाल, सल्लाहकार रिता खनाल, नेबि संघ मकवानपुरका जिल्ला अध्यक्ष राजु खतिवडा, तरुण दल हेटौंडाका नगर सभापति सुनिल गिरी लगाएतको उपस्थिति रहेकोे थियो ।