तरुण दलको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम

तु खबर संवाददाता
२०८० असार १६, शनिबार ०९:५०

मकवानपुर । नेपाली कांग्रेसको भातृ एवम् शुभेच्छुक संगठनको केन्द्रीय नेतृत्वको विभिन्न पदमा चयन भएकाहरुलाई शुक्रबार हेटौंडामा स्वागत तथा सम्मान गरिएको छ ।

नेपाल तरुण दल मकवानपुरले हेटौंडा–२ स्थित पार्टी कार्यालयमा एक कार्यक्रमबीच उनीहरुलाई स्वागत तथा सम्मान गरेको हो । कार्यक्रम तरुण दल कार्यबाहक सभापति लिलाराज सापकोटा (सन्तोष) को अध्यक्षतामा एवम् कांग्रेस मकवानपुर पूर्वसभापति रामचन्द्र अर्याल ‘माइकल’ को प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा तरुण दल केन्द्रीय सदस्य सुनिल कुमार दाहाल, राजेश भेटवाल, गुरुप्रसाद दाहाल (गोपी) सम्मानित भएका हुन् ।

यस्तै, कार्यक्रममा प्रजातान्त्रिक विचार समाज केन्द्रीय सदस्य दीपकलाल खतिवडा, नेपाल शिक्षक संघ केन्द्रीय सदस्य रामकुमार अधिकारी र नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य तारा कार्की राईलाई खादा ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा कांग्रेस पूर्वसभापति रघुरमण न्यौपाने, पार्टी उपसभापति धर्मराज लामिछाने, सचिव इश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने, जिल्ला सदस्य, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।