भारतीय नम्वर प्लेटको सवारीलाई नेपाल प्रवेशको अनुमति
काठमाडौं । सरकारले यात्रुसहितको भारतीय नम्वर प्लेटको सवारी साधानलाई नेपाल प्रवेशका लागि अनुमति प्रदान गरेको छ । २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको भारतीय नम्वर प्लेटको गाडीलाई डेढ वर्षपछि सररकारले प्रवेश गर्न अनुमति प्रदान गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएको छ । विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार, नजिकको सहरसम्म सुविधामा र नेपालभरका लागि भन्सार काटेर भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरिएको हो ।
यसका लागि बिहिबार सबै भन्सारलाई परिपत्र गरिसकेको र आज (शुक्रबार) देखि यात्रु बोकेका वा नबोकेका भारतीय निजी सवारी साधन अब र्शसहित नेपाल प्रवेश गर्न पाउने सूचना अधिकारी खड्काले बताए ।
