पत्रकार संजेलको पिताको निधनप्रति पत्रकार महासंघ मकवानपुरद्वारा शोक व्यक्त
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले कार्यसमिति सदस्य अर्जुन संजेलको पिताको निधनप्रति शोक व्यक्त गरेको छ । महासंघ मकवानपुरकी सचिव शुभलक्ष्मी विश्वकर्माले आइतबार शोक वक्तव्य जारी गर्दै श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै दुःखको घडीमा परिवारजनमा समवेदना प्रकट गरेकी छन् ।
संजेलको पिता यदुनाथ संजेलको असोज ९ गते अर्थात हिजो शनिबार साँझ ६२ वर्षको उमेरमा निधन भएको हो । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध संजेल रेडियो सन्देशमा कार्यरत छन् ।
हेर्नुहोस् शोक वक्तव्य ।

