मकवानपुरका थिङ काठमाडौंबाट पक्राउ
मकवानपुर । काठमाडौं महानगरपालिका वडा नम्वर १७ खुशिबुबाट १ किलो लागूऔषध चरेशसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर घर भई हाल काठमाडौं सितापाईला बस्ने ३४ वर्षीय भिमबहादुर थिङ रहेका छन् ।
थिङलाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
बिहिबार प्रदेश ३–०२–००१ प ८६०० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मो. चालक थिङको साथबाट उक्त परिणामको चरेश बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
